बझाङ। आज बिहानै (आइतवार) बझाङमा भूकम्प गएको छ। बिहान ६ बजेर ४५ मिनेट जाँदा भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.४ म्याग्निच्युडको भूकम्प गएको हो।
बझाङ गत असोज १६ मा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि पटक९पटक भूकम्प गइरहेको छ । सो भूकम्पको महसुस सुदूरपश्चिमका अन्य जिल्लामा पनि गरिएको छ ।