धनगढी। बस दुर्घटनामा धनगढी जुगेडाकी एक उसु खेलाडीको मृत्यु भएको छ। हेटौडा स्थित मकवानपुरमा आयोजित अन्तर प्रदेश स्तरीय उसु प्रतियोगितामा सहभागी भएर धनगढी फर्किने क्रममा धनगढी १२ जुगेडाकी १८ वर्षीया निता खड्काको मृत्यु भएको हो।
कपिलवस्तुको चन्द्रौटाबाट करीव १५ किमी पश्चिमस्थित चोरखोलामा राति एक बजे उसु खेलाडीहरु चढेको सुप यातायात सुप यातायातको ३३९२ नम्बरको बसलाई ट्रकले ठक्कर दिएको थियो ।ट्रकको ठक्करबाट घाईते भएकी खड्कालाई उपचारका लागि तत्काल बुटवलस्थित लुम्बिनी प्रदेश अस्पताल लगिएको थियो।
जहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। यस्तै दुर्घटनामा १२ जना घाईते भएका छन्। बसमा सवार अन्य खेलाडीहरु पुष्पा कुँवर, सपना तामाङ्ग,सृजना विसी, मुकेश कार्की,अस्मिता गाहामगर,अभी महतो,हरिचन्द्र कार्की, दिपक चौधरी र ज्ञानु विक तथा निर्णायकहरु खुशीराम चौधरी,राजीव गुप्ता र एलिसा खाती घाइते भई उपचाररत रहेका छन्।
मकवानपुर जिल्ला उसु सङ्घ हेटौडाका सचिव विश्वनाथ पाठकले धनगढीबाट गएको ट्रक र संघै पछाडिबाट आइरहेको ट्रकले ओभरटेक गर्दा विपरीत दिशाबाट आइरहेको बस दुर्घटनामा परेको बताए। साथै उनलेले सो घटनाप्रति दुख व्यक्त गरेका छन्।
कैलाली जिल्ला खेलकुद बिकास समितीका उसु खेदकुद सहायक प्रशिक्षक रतन खातीले सांधुरोबाटो भएकाले ओभरटेक गर्दा बस दुर्घटनामा परेको बताए। बस पल्टीदा बिद्यार्थी खसेकाले च्यापिएर मृत्यु भएको उनले बताए। बसमा उसु खेलाडी ३४ जना र अन्य ८ जना सवार रहेका थिए। हेटौडामा सम्पन्न अन्तर प्रदेश उसु प्रतियोगितामा खड्काले स्वर्ण पदक जितेकी थिइन् । खड्काको मृत्युको खवरपछि परिवारका सदस्य बुटवल गएका छन् । उनको शव लुम्बिनी अस्पतालको शव गृहमा राखिएको छ।सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् सदस्य सचिव दिपक बहादुर सिंहले दुर्घटनामा निधन भएका मृतक खेलाडीप्रति श्रद्धाञ्जली र घाइतेको शिघ्रस्वास्थ्य लाभको कामना ब्यक्त गरेका छन् ।