धनगढी। नवजिवन अस्पताल प्रा.ली धनगढी र गौरीगंगा नगरपालीकाको सहकार्यमा एक दिने निशुल्क स्वास्थ्य शिविर आयोजना गरि सम्पन्न गरिएको छ।
बुधबार कैलालीको गौरीगंगा नगरपालीका स्थीत मसुरिया स्वास्थ्य चौकीमा १ सय ९० जना बिरामीलाई निशुल्क बिशेषज्ञ चिकित्सकीय मार्फत चेकजाँच गरि सेवा प्रदान गरिएको हो। नवजिवन अस्पताल प्रा.ली धनगढी र गौरीगंगा नगरपालीकाको सहकार्यमा एक दिन गरिएको निशुल्क बिशेषज्ञ चिकित्सकिय सेवाबाट बिरामीले स्वास्थ्य लाभ लिएको नवजिवन अस्पताल प्रा.ली धनगढीका सिइओ चक्र खडायतले जानकारी दिए।
चेकजाँचमा संलग्न बिशेषज्ञ चिकित्सक एम.बि.बि एस,एम.डी इन्टरनल मेडिसिन डाक्टर राजु बिष्टद्धारा १३८ महिला र ५२ जना पुरुष बिरामीको चेकजाँच गरिएको छ। जस्मा २६ महिला र एक जना पुरुषको भिडियो एक्सरे सेवा, ६ महिलाको इसिजी सेवा, २१ महिला र ३ पुरुषको प्रयोगशाला सेवा प्रदान गरिएको उनले जानकारी दिए।
बिरामीले बिभिन्न स्वास्थ्य सेवा आफ्नै घर नजिकै पाउँदा खुसी महसुस भएको बताएका छन्। बिशेष गरि बालबालीका,महिला पुरुष तथा जेष्ठ नागरिक बिरामीले स्वास्थ्य लाभ प्राप्त गरेका छन्। नवजिवन अस्पताल प्रा ली धनगढीका सिइओ खडायतले अस्पतालले बिभिन्न समयमा ग्रामिण समुदायमै पुगेर अस्पतालले गर्ने सामाजिक उत्तरदायीत्व अन्तरगत सेवा प्रदान गरिदै आएको जानकारी दिए। त्यसकारण अस्पतालप्रति बिरामीको बिश्वास कायमै रहेको बताएका छन्।