धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर ११ स्थित दक्षिणकाली बहिरा आवासिय आधारभुत बिद्यालय सुधारका लागी अपिल गरिएको छ । आज धनगढीमा आयोजित एक कार्यक्रममा बहिरा संघ कैलालीले बिभिन्न सरोकारवाला निकायसंग बिद्यालय सुधारका लागी सहयोगको अपिल गरेको हो । सुदुरपश्चिमको मुटुमा रहेको बहिरा आवासिय बिद्यालय सुधारका लागी अँझै थुप्रो काम आवश्यक परेका कारण तिनै तहका सरकारको समन्वयमा सुधारका कार्यक्रम ल्याउन आग्रह गरिएको हो । बिद्यालय सुधार सम्बन्धी छलफल कार्यक्रममा बोल्दै बहिरा संघ कैलालीकी कोषाध्यक्ष मिना बुढाथोकीले दक्षिणकाली बहिरा आवासिय बिद्यालयमा थुप्रो समस्या रहेको बताइन् । बिद्यालयमा पर्याप्त शिक्षक छैनन्, भएका शिक्षकका लागी दोभाषे हुनुहुन्न उनले भनिन् “पहिला हाम्रो बिद्यालयमा बहिरानै शिक्षक हुनुहुन्थ्यो र पठनपाठनमा सहज थियो, तर अध्यायन अनुमतीपत्र अनिवार्य भएपछि उहाँहरुले पढाउन पाउनुभएन, धनगढी उपमहानगरले पठाएका शिक्षकहरु राम्रो भएपनि दोभाषे नहुँदा पठनपाठनमा निकै समस्या भइरहेको छ ।” हामीसंग सामान्य भएपनि छात्रबास छन्, क्षमताभन्दा बढी बिद्यार्थी यहाँ राखेका छौँ उनले भनिन् “उहाँहरुका लागी नत्र राम्रो छात्रबासनै छ, नत्र पर्याप्त कक्षाकोठा, झन छात्रबास ईन्चार्ज नहुँदा बिद्यार्थीहरुलाई निकै समस्या भइरहेको छ, छात्र र छात्राका लागी छुट्टै ईन्चार्जको ब्यवस्था होस ।”
बहिरा संघ कैलालीका सचिव बिजय साउँदले राज्यको लगानी उपलब्धीमुलक क्षत्रेमा नगइरहेको बताए । अन्य ठाउँमा भएका बहिरा बिद्यालयमा खासै बिद्यार्थी छैनन्, उनले भने “हाम्रोमा १ सय ५ जना बहिरा बिद्यार्थी हुनुहुन्छ तर प्रदेश सरकारको लगानी हाम्रो बिद्यालयमा आउन्न अन्तै जान्छ, तिनै तहका सरकारको नजर यता पुगे पक्कै बहिरा बालबालिकाले सजिलो गरी शिक्षा पाउँथे, यहाँ आधारभुत मात्रै होइन बहिरा क्याम्पसको आवश्यक्ता छ ।” दक्षिणकाली बहिरा आवासिय आधारभुत बिद्यालयका प्रधानाध्यापक सिताराम चौधरीले हाल बिद्यललयमा ३ बालबिकास, ५ अस्थाई र १ निजिश्रोत गरी ९ जना शिक्षक रहेको बताए । ८ वटा कक्षामा ६ जना शिक्षकले पठनपाठन गर्नुपरेको छ चौधरीले भने “यसमा झन दोभाषे नहुँदा निकै समस्या छ, बिद्यार्थीको चाप झन भविश्यमा बढ्दै जाने छ, हामीकहाँ भौतिक संरचना संगै जनशक्ती समेत अभाव हुँदै गइरहेका कारण समस्या त थुप्रो छ ।”
कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय कैलालीका जनस्वासथ्य निरिक्षक तेज बिक्रम शाहीले स्वास्थ्य कार्यालयबाट स्वास्थ्य सम्बन्धी जनचेतनात्मक तालिमका लागी जनशक्ती सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । हामी सधैँ त पठाउन सक्दैनौँ उनले भने “महिनामा, हप्तामा स्वास्थ्यकर्मी पठाएर तालिम दिन सक्छौँ तपाई पत्र ल्याएर आउनुहोला हामी सहकार्य गर्ने छौँ ।” यस्तै धनगढी उपमहानगरपालिका शिक्षा महासाखा प्रमुख नरेन्द्र खातीले उपमहानगरले सक्दो सहयोग गरिरहेको बताए । यो बिद्यालयमा धनगढी उपमहानगरका १२ जना मात्रै बिद्यार्थी अध्यायनरत हुनुहुन्छ अरु अन्य पालिकाका हुन् उनले भने “हामीले ति १२ जना भन्दा बढी लगानी गरेकै छौँ, जहाँबाट बिद्यार्थी आउनुहुन्छ ति सबै पालिकाले सहयोग गरे उसै बिद्यालय सुधार हुन्छ नी त्यस कारण सबैको अपनत्व हुने गरी यो बिद्यालयको बिकास गरिनुपर्छ, हामीले सक्ने जनशक्ती र पुर्वाधारमा सहयोग गरिरहन्छौँ ।”
जिल्ला समन्वय समिति कैलालीका कार्यबाहक प्रमुख खगराज भुषालले कैलालीका हकमा जिल्ला समन्यव बैठकमा १३ वटै पालिका प्रमुखहरुसंग छलफल गर्ने बताए । यो बिद्यालय बनाउन सबैको हातेमालो आवश्यक छ आज आधारभुत छ भोली क्याम्पस आवश्यक छ उनले भने “कैलालीका १३ पालिका संग म छलफल गर्छु र अन्य जिल्लामा पनि छलफल भएर आवश्यक निचोड आउनुपर्छ अनी मात्र यो बिद्यालयको प्रगती हुन्छ र हाम्रा सबै बहिराहरुको भविश्य बन्ने छ, हामी सबैले सकारात्मक हुनुपर्छ सबैले अधिकार प्राप्त गर्नुहुन्छ ।”
कार्यक्रममा जिल्ला शिक्षा समन्वय कैलालीका प्रमुख बैकुण्ठ सुवेदी, धनगढी उपमहानगरपालिकाका आ.ले.प योगेन्द्र चन्द, सामाजिक बिकास अधिकृत टंक बिष्ट लगायतको उपस्थिती थियो ।