अत्तरिया। कैलालीको अत्तरियामा पुस २६ गतेदेखि सुदूरपश्चिम प्रादेशिक महोत्सव सञ्चालन हुने भएको छ। अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा पुस २६ गतेदेखि माघ ७ गतेसम्म महोत्सव सञ्चालन हुने भएको हो ।
बुधबार अत्तरिया उद्योग वाणिज्य संघले पत्रकार सम्मेलनको आयोजना गर्दै पुस २६ गतेदेखि महोत्सव सञ्चालन गर्ने जानकारी दिइएको छ। अत्तरिया उद्योग वाणिज्य संघका महासचिव शंकर खड्काले महोत्सव अत्तरियाको लामिताल परिसरमा आयोजना गरिने बताए।
महोत्सवमा विद्यार्थीलाई ५० रुपैयाँ टिकट र अन्यलाई १०० रुपैयाँ टिकट तोकिएको छ भने अपाङ्गता भएका व्यक्तिलाई प्रवेश निशुल्क छ । आयोजकका अनुसार ८० लाख लगानीमा सञ्चालन गरिने महोत्सवमा १५० ओटा स्टल रहने छन् । महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने जनाइएको छ ।