धनगढी। राष्ट्रिय अपाङ्ग महासङ्घको सुदूरपश्चिम प्रदेश कार्यालयमा प्रदेश अध्यक्ष मान बहादुर साउद लगायतको समूहले तालाबन्दी गरेको छ। अध्यक्षले प्रदेश समितिसँग सहकार्य नगरेरै र कुनै आधिकारिक निर्णय पनि नगरी मनोमानी रूपमा सुदूरपश्चिम प्रदेश कार्यालयमा तालाबन्दी गरिएको हो।
सुदूरपश्चिम प्रदेश कार्यालय केन्द्रीय विधान,कर्मचारी र पुँजीबाट चलेको प्रदेश छ, केन्द्रले अनुदान नदिने हो भने कार्यालय सञ्चालन गर्न कठिन एकातिर छ भने अर्कोतिर प्रदेश महासघले कुनै प्रदेश स्तरमा कानुन निर्माण नगरी र स्वायत्त कार्यालय सञ्चालन गर्न श्रोतको व्यवस्थापन नगरी मात्र केन्द्रको विधान,कर्मचारी र श्रोतको विरोध नगरौँ अहिले साधारण सभा नगरौँ पूर्ण बैठक गरौँ केन्द्र सँग समन्वय गरेर जाऊ भन्दा प्रदेश अध्यक्षले नमानेपछि उक्त कुरालाई राजनीतिक रङ्ग दिई आफूलाई अप्ठ्यारोमा पर्दा पद छोडे सचिव नन्दराज भट्टले भनेका छन्।
तालाबन्दी गर्ने राष्ट्रिय आधारभूत स्कुल धनगढी तारा नगरका स्थायी शिक्षक साउदले सचिव पुनर्बहालीको विरोध र आफलाइ निलम्बन गरेको झोकमा संस्थाको अध्यक्ष रहेर आफ्नै कार्यालयमा पुस ०४ गतेदेखि तालाबन्दी गरिएको बताए। राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल सङ्घीय कार्यालयको टीकापुरमा सम्पन्न गरेको नीति सम्बन्धी बैठकबाट सुरु भएको विवाद र सुदूरपश्चिम प्रदेश कार्य सम्पादन समितिले गरेको निर्णय जुन पूर्ण बैठकबाट अनुमोदन भएको थिएन त्यो निर्णय सामाजिक सञ्जालमा हालेको र अनुमति बिना प्रदेश सुदूरपश्चिम कार्यसमिति सदस्य नरेन्द्र जैसीले मिडियामा महासङ्घको विरोधमा आफ्नो कपोलकल्पित अभिव्यक्ति दिएपछि प्रदेश सचिव भट्टले राजीनामा दिएका थिए ।
सुदूरपश्चिम प्रदेशमा पछिल्लो विकसित घटना क्रमले काम गर्ने वातावरण नभएको र यो अवस्थामा अपाङ्गता अधिकार सुनिश्चित हुन नसक्ने ठहर सहित व्यक्तित्व र नैतिकता पद भन्दा माथि हुने भएकोले अपाङ्गता अभियान लाई सशक्त बनाउन र अपाङ्गता अधिकार सुनिश्चितताका लागी विशेष महाअधिवेशनको माग राख्दै २०८० मङ्सिर २६ गतेदेखि लागु हुने गरी राष्ट्रिय अपाङ्ग महासघा नेपाल सुदूरपश्चिम प्रदेश सचिव पदबाट नन्दराज भट्टले राजीनामा दिइएका थिए।
तर उक्त राजीनामा स्वीकृति नगर्नु भन्ने सङ्घीय कार्यालयको पत्र मङ्सिर २६ गते साँझ नै आएको भए पनि उक्त पत्रको अवज्ञा गर्दै मङ्सिर २७ गते साँझ सुदूरपश्चिम कार्यसमितिका ४ जना कार्यसम्पादन समितिका व्यक्तिको बैठक बसी राजीनामा स्वीकृत गरेको तर भट्टले भनेका छन् राजीनामा स्वीकृतिमा मेरो कुनै आपत्ति र असहमति नभएको भए पनि राजीनामा दिएको विषय भन्दा फरक विषय बस्तु उल्लेख गरी निर्णय गरेको भनी आपत्ति जनाएका छन्। जुन कुरा मैले राजीनामा पत्रमा उल्लेख नै गरेको थिएन उनले भने, त्यही विषयलाई निर्णय गरेर मलाई असक्षम घोषणा गर्न खोजेको कुरालाई मनन गरी मानहानि भएकोले उचित न्याय सहित सजायको माग गरेको छु। यसै क्रममा टीकापुर बैठकबाट सिर्जित विवादबारे छानबिन गर्न केन्द्रीय अनुशासन आयोग क्रियाशील रहेको अवस्थामा साधारण सभा नगर्नु भनेर केन्द्रीय पत्र आएको भए पनि उक्त पत्रको अवज्ञा गरेको भनी केन्द्रको मातहतमा रहेको प्रदेश अध्यक्ष मान बहादुर साउदलाई निलम्बित गरेको र साधारण सभा र सचिवको राजीनामा स्वीकृतको निर्णय पनि केन्द्रले अस्वीकार गरी अध्यक्षको कार्यवाहक जिम्मेवारी उपाध्यक्ष बिमला चौधरीलाई दिएको र प्रदेश सचिवलाई कामकाज गर्ने पत्र केन्द्रीय समितिले दिएपछि विवाद भएको थियो ।
त्यसपछि प्रदेश कार्यालयमा मान बहादुर समूहले तालाबन्दी गरिएको बताइएको छ । तालाबन्दीले सुदूरपश्चिम प्रदेशका ७०हजार ८ जना अपाङ्गता भएका व्यक्तिहरूको अधिकार ओझेलमा परेको गुनासो अपाङ्गता भएका व्यक्तिहरूले गरिरहेका छन् ।‘केन्द्रीय अध्यक्षले भनेका छन् देश भरि एक विधान लागु हुन्छ प्रदेशको छुट्टै विधान बनेको छैन सबैको विधान एउटै हो देश भरी त्यही लागू हुन्छ । सुदूरपश्चिम प्रदेश समितिसँग सहकार्य र समन्वय गरेर नै सुदूरपश्चिममा कार्यक्रम गरेका छौ ,’ तर यता राष्ट्रिय अपाङ्ग महासङ्घ सुदूरपश्चिम प्रदेशका कार्य समिति सदस्य नरेन्द्रप्रसाद जैशीले भने,‘सुदूरपश्चिम प्रदेशमा प्रदेश कार्यालय हुँदाहुँदै पनि यहाँ आएर प्रदेशलाई कुनै जानकारी नगरी कार्यक्रम गर्ने र आर्थिक अपारदर्शिता गरेकाले हामी त्यो गलत कार्यका विरुद्धमा छौँ ।’ केन्द्रीय अध्यक्षले देशभरका प्रदेश समितिलाई सौतेनी व्यवहार गरेको बताउँदा उनले भने,‘प्रदेशमा कार्यक्रम गर्दा केन्द्रले आफूखुसी गर्ने र प्रदेशलाई फड्के किनाराका साछी बनाउने गरेको छ ।’ सुदूरपश्चिम प्रदेशले गरेको साधारण सभालाई पनि अध्यक्षले पूर्वाग्रही ढङ्गले मान्यता नदिएको आरोप पनि उनले लगाए।