बझाङ।बझाङमा एक युवकको मृत्यु भएको छ। जिल्लाको मष्टा गाउँपालिका–४ घर भएका २२ वर्षीय कलक कठायतको मृत्यु भएको हो।
आइतबार साँझ उनी आफ्नै कोठामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक दीपेश चौधरीले बताए। उनी सदरमुकाम चैनपुरमा डेरा गरी बस्दै आएका थिए। घटनाबारे थप अनुसन्धान गरिरहेको चौधरीले जानकारी दिए।