डडेल्धुरा। डडेल्धुरामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ।
करेन्ट लागेर घाइते भएका डडेल्धुराको गन्यापधुरा गाउँपालिका-३ सकायलका ५० वर्षीय मकरबहादुर शाहीको करेण्ट लागेर मृत्यु भएको हो।
आइतवार दिउँसो उनी आफ्नै घर नजिक रहेको साजको रुखमा घाँस काट्ने क्रममा बिजुलीको तारमा छुन गई करेन्ट लागि रुखबाट खसेर गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। गम्भिर घाईते भएका उनको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।