कैलाली। कैलाली र कञ्चनपुरका बिभिन्न स्थानबाट प्रहरीले भन्सार छलिका सामान नियन्त्रणमा लिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका-८ धनगढीगाँउबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ५० हजार मूल्य बराबरको प्याज,चिनी,आलु, प्लाष्टिक झिल्ली,साईकल लगायतका सामान बरामद गरिएको छ।
.यस्तै धनगढी उपमहानगरपालिका-३ ट्रफिकचोकबाट अन्दाजी २१ हजार २ सय मूल्य बराबरको चिनी, प्याज, साबुन, नरिवल, चप्पल, मसला लगायतका सामान प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। उता कञ्चनपुरको भीमदत्त नगरपालिका-६ ऐठपुर र भीमदत्त नगरपालिका-१० तिनताराबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका सामान पनी प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
अन्दाजी ८९ हजार ८ सय ५ मूल्य बराबरको मिश्री, चिनी, दाल, कपडा, खानेतेल, काजु लगायतका सामान बरामद गरिएको जनाइएको छ। शुक्रवारको प्रहरी गस्ती टोलीले उक्त सामान बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। बरामद गरिएका उक्त भन्सार छलिका सामान नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जनाइएको छ।