धनगढी। नेपाल खेलकुद महासङ्घ गौरीगङ्गा नगर कमिटीको अध्यक्षमा अशोक चन्द चयन भएका छन् । शुक्रवार नेपाल खेलकुद महासङ्घ गौरीगङ्गा नगर सम्मेलनको आयोजना गर्दै अध्यक्षमा चन्दलाई चयन गरिएको हो।
केन्द्रीय सचिव सुदूरपश्चिम इन्चार्ज विष्णु चन्दको प्रमुख आतिथ्य र खेलकुद महासङ्घ केन्द्रीय सचिव तथा सुप इन्चार्ज नगर अध्यक्ष सान्ती सिंहको उपस्थितिमा सम्मेलन आयोजना गरिएको हो। यस्तै नेपाल खेलकुद महासङ्घ गौरीगङ्गा नगर कमिटीको अध्यक्षमा चन्दसहित एघार सदस्यीय कमिटी गठन गरिएको छ।
यस्तै गौरीगङ्गा नगर कमिटीको उपाध्यक्षमा खेम बान्तोला,सचिवमा विनोद बोहरा, उप सचिवमा राजेश विश्वकर्मा, कोषाध्यक्षमा राजु भण्डारी चयन भएका छन् । यस्तै सदस्यहरूमा कर्ण बहादुर बुढामगर ज्ञानेन्द्र केसी, धन बहादुर चौधरी,जङ्ग बहादुर मन्नी, सुनिल थापा, रुद्र धामी चयन भएका छन्।