कञ्चनपुर। कञ्चनपुर गड्डाचौकीका इन्चार्जसहितका १६ प्रहरी जिल्ला तानिएका छन् । कञ्चनपुरमा इलाका प्रहरी कार्यालय गड्डाचौकीका इन्चार्जसहितका १६ जना प्रहरी कर्मचारी जिल्ला प्रहरी कार्यालयमा तानिएका बताइएको छ।
भारतबाट सामान क्यारिङ गर्ने महिला र तस्करीमा संलग्न व्यक्तिहरुबाट अनुचित लाभ लिएको आरोपमा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक सई दिग्गज ठकुराठीसहितका १६ प्रहरी बुधबार राति जिल्ला तानिएका हुन्।
कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक एसपी कमल थापाले भारतबाट साइकलमा सामान ओसारपसार गर्ने महिला तथा अन्य व्यक्तिहरुबाट अनुचित लाभ लिएको गुनासोपछि अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयको सिङ्गो टिमलाई नै जिल्ला तानिएको बताए।
उनका अनुसार उनीहरुमाथि अनुचित लाभ लिएरनलिएको विषयमा अनुसन्धान हुनेछ। एसपी थापाले विगतदेखि नै इप्रकाका प्रहरीबारे गुनासो आइरहेको र सन्तोषजनक काम नदेखिएको कारण पनि फेरिएको दाबी गरे। बुधबार राति नै ठकुराठीको ठाउँमा प्रहरी वरिष्ठ नायब निरीक्षक सई महेन्द्रसिंह थापालाई इन्चार्जको जिम्मेवारी दिइएको छ भने अन्य १६ जनालाई इलाका प्रहरी कार्यालय गड्डाचौकी पठाइएको छ ।