धनगढी :धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित सशांक शाहीको घरमा भाडामा रहेको थियो तत्कालिन बैंक अफ काठमाडौं हालको ग्लोबल आईएमइ बैंक । मर्जरपछि घरधनीलाई जानकारीनै नदिई बैंकले सो घर छोडेर नयाँ स्थानमा बसेको छ ।बैंकले घर भाडा नलिएर अन्यत्र गएपछि न्यायका लागि विभिन्न स्थानमा धाइरहेको घरधनीले बताएका छन् । घरको ब्यवस्थापन जिम्मा लिएका भुवन सिहं कार्कीले भने –‘बैंकसंग हाम्रो सम्झौता सन २००७ देखिको हो । तर, अहिले अचानक विभिन्न बहाना देखाएर घर छोडेको छ ।’
उनले बैंकले घरको क्षेत्र बढाउन व्यवसायीक ऋण दिएको बताउँदै –‘सोही ऋणमार्फत हामीले दोस्रो घर पनि निर्माण गरेका थियौ । बैंकले माथिल्लो तलामा बसाउने र तल्लो तलामा व्यवसायीक प्रयोजनमा प्रयोग गर्ने भन्दै घर निर्माण भएको थियो ।’ उनले बैंकले सोही घरको आम्दानीलाई आधार मानेर व्यवसायीक ऋण दिएको बताउँदै –‘अहिले घर अलपत्र पारेको छ । बैकं र घरधनीबिच भएको सम्झौता हेर्दा जस्तो घर थियो त्यस्तै बनाएर फिर्ता गर्ने उल्लेख छ । तर बैकंले घर मर्मत नगरेरै छोडेको ब्यवस्थापक कार्कीले बताए । उनले बैंकबाट घरबहालबाट मासिक दुई लाख ४५ हजार आम्दानी हुँदै आएकोमा घरलाई विना जानकारी छोड्दा आम्दानीको स्रोत पनि घटेको बताए । उनले नयाँ घर निर्माणका लागि एक करोड ५० लाख ऋण लिएको बताउँदै –‘अहिले बैंकले सम्पूर्ण ऋणसहित साँवा, ब्याज भुक्तानी गर्न पत्र पठाएको बताए । आम्दानीनै नहुने अवस्था ल्याएको बैंकले साँवा र ब्याज एकमुस्ट तिर्न भन्दा समस्या भएको उनको भनाई छ ।
बैंकलाई सम्पूर्ण अवस्था जानकारी भएपनि बैकंका कर्मचारीहरुले आफ्नो कुरा सुन्न नचाहेको उनले बताए । घर छोड्दा सडक क्षेत्रमा घर पर्ने बाहाना देखाएर छोडेको बताउँदै उनले घरको कुनै भाग सडकमा नपरेको जानकारी दिए । बैकंले नत्र सम्झौता अनुसार पुरा समय बस्यो नत्र सम्झौता अनुसार घर मर्मतनै गरेर गयो उनले भने –घरपनि छोडेर गयाृ अनी मर्मतपनि छैन झन त्यही घरभाडालाई आम्दानी श्रोत देखाएर दिएको श्रृण तिर्न नसक्दा कालो सुचिको धम्की आउँछ ।’ तत्कालिन समयमा सहमति नसकिदै पुनः बैंकले घरबहाल बोलपत्र आह्वान गर्दा छनौटमा आफै परेको बताउँदै –‘बैंक मर्ज भएपछि एकै क्षेत्रमा दुई वटा शाखा राख्न नमिल्ने, भवन सडक क्षेत्राधिकारभित्र परेको, घर निर्माण गर्दा असहयोग भएको लगायतका बहाना देखाइरहेको छ ।’ घरधनीले असारपछिको सबै भाडा तिर्न र घर मर्मत गर्न बैकंलाई आग्रह गरेको छ । सम्झौता अनुसार खर्च नब्यहोरे कानुनी लडाइमा जाने उनको भनाई छ ।