हरिश भट्ट ,धनगढी : गोदावरीमा जिप लाइन सञ्चालनमा आएको छ । धनगढीका दिनेश खड्का सहित ३ जना युवाहरुले जिप लाइन सञ्चालनमा ल्याएका हुन् । बुधबार एक कार्यक्रमका बिच सुदुरपश्चिम प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री प्रकाश देउवाले जिप लाइनको उद्घाटन गरेका हुन् । गोदावरी पुलभन्दा ४ सय मिटर माथी रहेको स्टेसनबाट करिब १ किलोमिटर जिपलाइनको मजा लिएर वारी आउन मिल्ने छ । जिप लाइनले गोदावरीको रौनकनै अर्कै बनाएको छ । पर्यटन प्रवद्र्धनका लागि शुरु गरिएको ‘जिप लाइन’ ले युवाहरुको मन लोभ्याइदिएको छ । ‘पिकनिक’ खान र घुम्नका लागि मात्रै गोदावरी पुग्नेहरु अब त्यत्तिकै फर्कनुपर्दैन । उनिहरुले अब प्याराग्लाइडिङ, बञ्जीजस्तै साहसिक खेल ‘जिपलाइन’को मज्जा लिन पाउने भएका हुन् ।
धनगढीदेखी २२ किलोमिटर दूरीमा पर्ने पर्यटकको आकर्षक गन्तव्य गोदावरीमा साहसिक खेल ‘जिप लाइन’ले सेवा दिन थालेपछि यसले धेरैको मन हरेको छ । गोदावरी जिप लाइनले २ करोडको लागतमा साहसिक खेल ‘जिपलाइन’ को सञ्चालनमा ल्याएको हो ।
साहसिक खेल ‘जिपलाइन’ नेपाली पर्यटन बजारको क्षेत्रमा नितान्त नयाँ र फरक प्रडक्ट मान्न सकिन्छ । यसअघि सुदुरपश्चिमका केही क्षेत्रमा जिप लाइन सेवा भएपनि यो सबैभन्दा लामो जिपलाइन हो । ‘नेपाल आउने पर्यटकले औधी रुचाउने जिप लाइन नेपाली पर्यटकमाझ पनि लोकप्रिय नै बनेको जिप लाइनका सञ्चालक दिनेश खड्काले बताए । उनले भने, ‘यही बाटो भएर आउने आन्तरिक तथा बाह्य पर्यटकहरु एक पटक आफ्नो सवारी रोकेरै भएपनि ‘जिपलाइन’ को मज्जा लिने गरेका छन् । धनगढीबाट नजिक र पर्यटकीय दृष्टिकोणले पनि परिचित ठाउँ भएकोले गोदावरीलाइ नै रोजेर यो व्यवसाय शुरु गरेको उनको भनाई छ ।
जिप लाइनको उद्घाटन गर्दै भौतिक पुर्वाधार बिकास मन्त्री प्रकाश देउवाले सुभकामना ब्यक्त गरे । जिप लाइनले यहाँको पर्यटन प्रबद्र्धनमा महत्वपुर्ण भुमिका खेल्ने उनको भनाई छ । पछिल्लो समय बढ्दै गएको निजि लगानीलाई शुरक्षित गर्ने र थप लगानी भित्र्याउने सरकारले लक्ष लिएको छ । यहाँको पुर्वाधार तथा धार्मिक पर्यटकिय क्षेत्रको बिकासमा बिभिन्न सरकारी तथा गैर सरकारी निकाय संग सहकार्य गर्ने प्रदेश सरकारले जनाएको छ । यहाँ आउने लगानीलाई शुरक्षित राख्नुपर्ने सबैको दायित्व रहेको बताउँदै प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री प्रकाश देउवाले सरकारले थप लगानीको वातावरण बनाउने प्रतिबद्धता ब्यक्त गरे ।
डोरीमा उड्न कति लाग्छ त बजेट ?
अन्य खेलको तुलनामा ‘जिपलाइन’ अर्थात डोरीमा झुण्डिएर खेलिने यो खेल निकै रोमाञ्चक मध्येको एक हो । यसमा सामान्य प्राविधिक त्रुटि भएमा खेलाडीहरुको ज्याने पनि जान सक्छ । तर यसका लागि कम्पनीले बिशेष ध्यान पु¥याएको छ । साहसिक खेलका लागि प्रतिव्यक्ति रु ७ सय शुल्क निर्धारण गरेको छ । धार्मिक पर्यटकिय गन्तब्य रहेको गोदावरीमा अन्य निजि लगानीले थप पर्यटक तान्न भुमिका खेलेको छ । बिदाको दिन गोदावरीमा आन्तरिक पर्यटकहरुको घुइचो लाग्ने गर्दछ । यि संगै अन्य निजि लगानी बढे पक्कै यहाँको पर्यटकिय बिकासले फड्को मार्ने अपेक्षा लिइएको छ । निजि लगानीलाई सुरक्षित गर्नुका साथै गोदावरीको धार्मिक तथा अन्य पर्यटनको प्रबद्र्धनका लागी सरकार जाग्नुपर्नेमा स्थानियको जोड छ ।