धनगढी। कैलालीको धनगढीमा आफ्नै छोरीमाथि जबरजस्ती करणीको प्रयास गरेको भन्दै उजुरी परेपछि पक्राउ परेका रिटायर्ड सईलाई कारागार चलान गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीमा धनगढीकै पन्त थरका एक पूर्व प्रहरी अर्थात् रिटायर्ड असईले आफ्नै छोरीलाई करणी गर्ने प्रयास गरेको भन्दै गत असोज १९ गते उजुरी परेको थियो। घटना असोज १३ गते रातिको हो।धनगढीकै पन्त थरका ती अन्दाजी ५० वर्षीय रिटायर्ड सईले करणी प्रयास गरेको भन्दै अन्दाजी २२ वर्षीय छोरीले उजुरी दिएकी थिइन्।
त्यसपछि फरार रहेका उनलाई पक्राउ गरी जिल्ला अदालत कैलालीमा मुद्दा दर्ता गरिएको थियो। सोमबार (अस्ति) अदालतमा जबरजस्ती करणी उद्योग शीर्षकमा मुद्दा दर्ता भएकोमा मङ्गलवार (हिजो)अदालतले उनलाई पुर्पक्षका कारागार चलान गर्ने आदेश दिएको सरकार वकिलको कार्यालयले जनाएको छ। काठमाडौँमा पढ्दै जागिर गर्ने ती युवती धनगढी (घर) आएकी थिइन्। घर आएकी छोरीलाई पन्तले करणी प्रयास गरेका थिए। बिदामा घर आएकी छोरीलाई पन्तले करणी प्रयास गरेको प्रहरी स्रोतको दाबी छ। यस्तै पीडक पन्तलाई प्रहरीले खोजिरहेको थियो।