डोटी। डोटीमा बाघको आक्रमणबाट एक बालिक घाइते भएकी छन्। जिल्लाको पूर्वीचौकी गाउँपालिका–२ कुडासैनकी १३ वर्षीया कीडि ठकुल्ला बाघको आक्रमणबाट आइतवार घाइते भएकी हुन्।
बाघको आक्रमणबाट बालिकाको तिघ्रा र पाखुरामा चोट लागेको बालिकाकी आमा नन्नादेवी ठकुल्लाले बताइन्। ठकुल्लालाई आइतवार दिउँसो सोहि ठाउँको रानीढुङ्गा वनमा घाँस काट्न गएका बेला आक्रमण गरेको हो। घाइते बालिकाको सुजङ अस्पताल दिपायलमा उपचार भइरहेको छ।