धनगढी। बैतडीको दोगडा केदार गाउँपालिका वडा नम्बर ५ घर भई हाल माया मेट्रो हस्पिटल धनगढीमा उपचाररत १५ वर्षीय नबिन भाटलाई आर्थिक सहयोग जुटेको छ।
समाजसेवी शेर सिंह कार्की र भोजराज जोशीको नेतृत्वमा सञ्चालन भएको सहयोग अभियान मार्फत आज भाटलाई एक लाख २९ हजार ३ सय ५७ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ। घरको आर्थिक अवस्था कमजोर रहनुका साथै घरमा एकल आमा मात्रै रहेकाले उनको उपचारमा कठिनाइ हुने भएपछि आफूहरूले नबिन भाट सहयोगार्थ अभियान सुरु गरेको जोशीले बताए।
जोशीका अनुसार हाल सम्म जुटेको सहयोग आज अस्पतालमै गई बिरामीकी आमालाई सो रकम हस्तान्तरण गरिएको जनाएको छ। दुवै खुट्टाको नसाको अपरेसन भइसकेको र करिब ६ महिना अस्पतालमै बस्नुपर्ने डाक्टरको सल्लाह अनुसार हाल उनी अस्पतालमै बस्दै आएका छन्। प्रत्येक दिन डाक्टरको निगरानीमा राख्नुपर्ने भएकाले नबिन भाटकी आमाले सबैमा सहयोग अपिल गरेकी थिइन्। सोही अपिल मार्फत सहयोग जुटाउने अभियान जारी छ।
हाल सम्म जुटेको रकम बुझाइसकेको र आगामी दिनहरूमा सङ्कलन भएको रकम पुन बिरामीलाई हस्तान्तरण गर्ने भएकाले भाटलाई सहयोग गरिदिन कार्कीले सबैमा आग्रह गरे। नविन भाटलाई सहयोग गर्न चाहनुहुने मानभावले शेर सिंह कार्कीको ग्लोबल आईएमई बैंकमा रहेको खाता नम्बर १८८०७०१०००२२६१ अथवा ९८४८८८९४९७ ९८६४४८६९५९ मा सम्पर्क गर्न सक्नुहुनेछ।