डडेल्धुरा। डडेल्धुरामा लागुऔषधसहित एक किशोर पक्राउ परेका छन्। प्रहरीका अनुसार अमरगढी नगरपालिका-५ बागबजारबाट अमरगढी-१ का १८ वर्षीय किशोर पक्राउ परेका हुन्।
उनलाई २०० मिलिग्राम लागुऔषध (खैरो हेरोइन)सहित शनिबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ।