बझाङ्ग। ६ किलो भन्दा बढी लागूऔषध चरेससहित बझाङमा दुई जना पक्राउ परेका छन्।
दुर्गाथली गाउँपालिकाबाट केदारस्युँ तर्फ जाँदै गरेको सुप प्र०१००९ प १४४० मोटरसाइकलमा सवार केदारस्युँ गाउँपालिका–९ का प्रेम बोहरा र सोही गाउँपालिकाको–८ का सुनिल बोहरा चरेससहित पक्राउ परेका हुन्।उनीहरूलाई दुर्गाथली गाउँपालिकाको आमरुखबाट प्रक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरुको साथबाट ६ किलो ६० ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपेश चौधरीले जानकारी दिए । मोटरसाइकलसहित नियन्त्रणमा लिइ उनीहरू माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मंगलबार मात्रै केदारस्युँ गाउँपालिकाको एम्बुलेन्सबाट धनगढी लैजाँदै गरेको तीन किलो चरेससहित चालक रामबहादुर खातीलाई कैलाली प्रहरीले प्रक्राउ गरेको थियो ।