डडेल्धुरा। डडेल्धुरामा जिप दुर्घटना भएको छ। डडेल्धुराको नवदुर्गा गाउँपालिका–३ कुरगेडीबाट जिल्ला सदरमुकाम आउँदै गरेको ग १ ज ८१९४ नम्बरको जिप दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक कुसुम नायकका अनुसार घटनाबारे थप विवरण आउन बाँकी छ। नवदुर्गा गाउँपालिका–२ का अध्यक्ष दिलबहादुर बिष्टका अनुसार नवदुर्गा गाउँपालिका वडा नम्बर २ को रउतगाउँमा जीप दुर्घटना हुँदा ८ जना घाइते भएको बताए।
उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकोले उपचारका लागि डडेल्धुरा अस्पताल रेफर गरिएको छ। जीपका सहचालक तारा ऐर गम्भीर घाइते भएका वडा अध्यक्ष बिष्टले बताए । उनका अनुसार घाइते हुनेमा एकजना कार्यपालिका सदस्य इन्द्रा धामी पनि छिन्।