डोटी। डोटीमा एक किशोरीमाथि सामूहिक करणी गर्ने दुई जनालाई कारागार चलान गरिएका छन्।
डोटी सिलगढी नगरपालीका १ की (परिवर्तित नाम) मंसिर १ गते साँझ साढे ६ बजे १७ वर्षीया किशोरीलाई सामूहिक जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका दुई जना पुर्पक्षको लागि कारागार र एक बाल सुधार गृह चलान भएका हुन् ।
डोटी प्रहरीका अनुसार जिल्ला अदालत डोटीको आइतबारको आदेश बमोजिम बडिकेदार गाउँपालिका २ का १९ वर्षीय करन साउँद र २६ वर्षीय प्रेम धामीलाई जिल्ला अदालत डोटीले पुर्पक्षका लागि कारागार चलान गरेको छ। साथै कानुनको विवादमा परेका बालक परिवर्तित नाम थर ‘सिलगढी ३’ लाई बाल सुधार गृह सिलगढीमा पठाइएको प्रहरी नायव निरीक्षक नारायणसिँह नेगीले बताए।उनीहरूले ति किशोरीलाई मकै पिस्न घट्टमा गएका बेला सामूहिक जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेको बताइएको छ।