धनगढी। औषधि व्यवस्था विभाग नेपालगञ्जले बिना अनुमति औषधि पसल सञ्चालन गरिरहेका बंगाली डाक्टरबिरुद्ध रिट दायर गरेको छ। कैलालीको बर्दगोरिया वडा नम्बर- ३ खैरेनीमा औषधि पसल सञ्चालन गरिरहेका तापस लस्करलाई पक्राउ गरि रिट दायर गरेको हो ।
औषधि व्यवस्था विभाग नेपालगञ्जका दिपेन्द्रकुमार शाहका अनुसार तापसले बिना अनुमति पसल सञ्चालन गरेकाले तत्काल पक्राउ गरि रिट दायर गरेको छ । उनले भने –‘तापस अहिले प्रहरी नियन्त्रणमा रहेका छन् । जिल्ला अदालत कैलालीबाट म्याद थप भई हाल अनुसन्धान जारी रहेको छ।’