धनगढी। धनगढीमा अटो रिक्सा र स्कुटी एक आपसमा ठोक्किएर दुर्घटना भएको छ। शुक्रबार दिउँसो साढे ३ बजे धनगढी वडा नम्बर ५ हसनपुरस्थीत आस्था होटल नजिक ०३५३ नम्बर अटो रिक्सा र से ५ प ९३८७ नम्बरको स्कुटी एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार पश्चिमबाट पुर्व तर्फ गइरहेको अटोले पुर्वबाट पश्चिम तर्फ गइरहेको स्कुटीलाई ठक्कर दिदा २३ बर्षीय स्कुटी चालक निर्मला जोशी घाईते भएकी छिन्। उनको धनगढीस्थीत निर्सग हस्पिटलमा उपचार भैरहेको छ। अटो रिक्साले ठक्कर दिदा स्कुटी सडक नालीमा खसेको थियो। अटो रिक्सासहित चालक शारदा महतालाई प्रहरीले नियन्त्रणमा लिएको छ।