कञ्चनपुर। कञ्चनपुरमा रोकीराखेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। भने २ जना घाईते भएका छन्। कञ्चनपुरको पुनर्वास नगरपालीका वडा नम्बर २ माईलीबजारस्थीत रोकीराखेको से १ त ४१५९ नम्बर ट्याक्टरसँग म २ प ४६२५ नम्बरको मोटरसाइकल ठोक्किएको हो।
बिहिवार राती कञ्चनपुरको दक्षिणी क्षेत्र धनगढी-बेलौरी हुलाकी राजमार्गमा भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक पुनर्वास ५ का २१ वर्षिय अभिषेक रानाको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको उपचारका क्रममा मृत्यु भएको हो। यस्तै दुुर्घटनामा परी १९ अनुप रानाको टाउको, मुखमा चोट लागेको छ।
१८ वर्षिय रञ्जिता रानाको दाहिने खुट्टा,दुवै हातमा चोट लागेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ। घाईते दुबैको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको र ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका ३ रामबस्तीका बमबहादुर तामाङले माईलीबजारमा रोकाएर राखेको ट्याक्टरमा ठक्कर दिदा दुुर्घाटना भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक हेमराज भट्टले बताए।
मोटरसाइकलमा सवार तीनै जना पुरैना देखी उदरी गाऊ जाँदै गरेका थिए। नियम विपरीत सडक किनारामा ट्रलीहरु राखिदा वर्षेनी दुर्घटनाबाट ज्यान गुमाउँने गरेको स्थानियको भनाई छ । सवारी धनीले नियमको उल्लंघन र अटेरी गर्दै सडक किनारमा पार्किङ गर्दा दुर्घटनाको जोखीम बढेको उनीहरुको भनाई छ। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।