धनगढी। कैलालीको टीकापुरबाट लागुऔषधसहित ५ जना समातिएका छन्। कैलालीको टीकापुर नगरपालिका–७ सत्तीबाट सोहि नगरपालिकाको वडा नम्बर–८ बटनपुरका २८ वर्षीय बिजय बुढा, २५ वर्षीय विशाल साउद र २४ वर्षीय निशान्त साउद पक्राउ परेका प्रहरीले जनाएको छ।
बिहीवार दिउँसो १ ग्राम ३५० मिलिग्राम लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ। यस्तै सोहि नगरपालिका–१ सामुदायिक चोकबाट लम्कीचुहा नगरपालिका–४ का २८ वर्षीय गणेश थापा र १० नम्बर वडाका २४ वर्षीय प्रतुस वडलाई ७७० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।पक्राउ परेकामाथी थप अनुसन्धान भैरहेको जनाइएको छ।