कञ्चनपुर। कञ्चनपुरमा इन्जिनियरमाथी कुटपिट गर्ने ठेकेदार भीमसेन राना ५ हजार धरौटीमा छुटेका छन्।कञ्चनपुरको लालझाडी गाँउपालिका ईन्जिनियर राम प्रशाद अवस्थी कुटपिट प्रकरणमा संलग्न ठेकेदार राना रिहा भएका छन।
ईन्जिनियर अवस्थी कुटपिट प्रकरणमा पक्राउ परेका ठेकेदार राना बिहीबार रिहा भएका भएका हुन। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट ५ हजार धरौटी सहित राना रिहा भएका छन । कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकास डाँगीले ठेकेदार रानाबाट ५ हजार धरौटी लिएर तारेखमा छाडिएको बताए। अन्य दुई जना नरेश राना र जगदिश राना साधारण तारेखमा रिहा भएका छन ।
ठेकेदार प्रहरी हिरासतबाट मुक्त भएपछी ईन्जिनियर अवस्थी कुटपिट प्रकरण ११ दिनमा साम्य भएको छ। ईन्जिनियर अवस्थी र ठेकेदार रानाविच बुधबार इलाका प्रहरी कार्यालय बेलौरीमा समेत मिलापत्र भएको थियो। ११ मंसिरमा निर्माण व्यवसायी भीमसेन राना समुहले ईन्जिनियर अवस्थीमाथि कुटपिट गरेका थिए।
कुटपिट प्रकरणमा ईन्जिनियर अवस्थीले कन्दकला कस्ष्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका संचालन समेत रहेका राना सहित तीन जना बिरुद्धमा प्रहरीमा उजुरी दिएका थिए भने, ईन्जिनियर अवस्थी बिरुद्धमा ठेकेदार रानाले अख्तियारमा उजुरी दिएका थिए।ठेकेदार सहित तीनै जनाले ईन्जिनियर अवस्थीसंग लिखित माफि समेत मागेका छन। लालझाडी गाँउपालिका २ कञ्ज बजारमा निर्माण भईरहेको सडक स्तरोन्नती योजनामा ११ मंसिरमा भएको निर्माण व्यवसायीका पक्षबाट ईन्जिनियर अवस्थीमाथि दुव्र्यवहार हातपातका विषयमा सार्वजनिक रुपमा माफि मागेका थिए।