धनगढी। कैलालीको धनगढीस्थित ६ लेन सडकमा बस र स्कुटर ठोक्किदा दुर्घटना भएको छ। मोहनापुल–अत्तरिया ६ लेन सडकको माया मेट्रो अस्पताल अगाडि दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, कैलालीले जनाएको छ ।
से १ ख १००३ नम्बरको बस र से ३ प १२४१ नम्बरको स्कुटर आपसमा ठोक्किदा स्कुटर चालक धनगढी वडा नम्बर १३ की विमला घिमिरे घाईते भएकी छिन्।घाईते भएकी विमलाको माया मेट्रो अस्पतालमा उपचार भैरहेको छ। बसका चालक धनगढी उपमहानगरपालिका वडा नम्बर २ का भागिराम चौधरी र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ।