दार्चुला। दार्चुलामा २ लाख ३३ हजारको अबैध अखाद्य बस्तु तथा सुर्तीजन्य पदार्थ नष्ट गरिएको छ। जिल्ला भन्सार कार्यालय दार्चुलाले विभिन्न मितिमा बरामद गरिएका खान अयोग्य मिठाइ(पेठा) र सुर्ती बिडीजन्य वस्तु बुधबार नष्ट गरेको जनाएको छ।
कार्यालय प्रमुख शिवचन्द्र प्रसादले सरोकारवाला पक्षको रहोवरमा ति अखाद्य बस्तु तथा सुर्तीजन्य पदार्थ नष्ट गरिएको जानकारी दिए। भारतीय घोडा बिडी ७ सय १२ बण्डल, हाइक्लास ४० प्याकेट, पात भएको सुर्ती १६ किलोग्राम,पानछाप २ प्याकेट,पान मसला ५ प्याकेट,आन्टी ६० प्याकेट,४२ पेटी पेठा लगायत गरेर २ लाख ३३ हजार बराबरको अखाद्य तथा सुर्तीजन्य पदार्थ नष्ट गरिएको उनले बताए। भारतबाट दार्चुलामा भन्सार छली ठूलो परिमाणमा बिडी तथा सुर्तिजन्य पदार्थ भित्रिने गरेको छ।