डोटी। डोटीमा एक नवजात शिशुको बेवारिसे शव अस्पतालको शव गृहमै थन्किएको छ । गत महिना जिल्लाको शिखर नगरपालिका–६ तिलतालिस्थित सेती नदीमा फेला परेको नवजात शिशुको शव अझै पहिचान हुन सकेको छैन् ।
कात्तिक १ गते बुधवार साँझ सेती नदीमा पानी जमेको ठाउँमा अन्दाजी ८र९ महिनाको शिशुको शव फेला परेको थियो।उक्त नवजात शिशु फेला परेको ४९ दिन बितिसकेको भएपनि शव अझै पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक विष्णुहरी कोइरालाले जानकारी दिए।
‘अझै पनि शिशु कसले, किन र कसरी फालेको हो रु भन्ने बारे कुनै तथ्य फेला नपरेको बताए।शिशुको शव जिल्ला अस्पताल डोटीको शव गृहमा राखिएको रशिशुको शव व्यवस्थापन गर्न तिर कसैको ध्यान नगएको उनले भने। उनकाअनुसार यश घटनामा प्रहरीले गर्नुपर्ने सबै प्रक्रिया पूरा भएको छ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय डोटीले शवको व्यवस्थापन गर्ने कार्य प्रहरीको नभएको भन्दै शिखर नगरपालिकालाई पत्र पठाएको छ। शव व्यवस्थापनका लागि आवश्यक कार्य गर्न जिप्रका डोटीले गत कार्तिक १२ गते पत्र पठाएको हो।तर शिखर नगरपालिकाका नगरप्रमुख दीर्घबहादुर बलायर शव व्यवस्थापन गर्ने काम आफूहरूको नभएको बताए।
बलायरले व्यवस्थापनका लागि आवश्यक सहजीकरण गर्न सक्ने भए पनि शवको व्यवस्थापन गर्ने पाटो आफ्नो नभएको बताए।जिल्ला अस्पताल डोटीका व्यवस्थापन समिति अध्यक्ष धन बहादुर नेपालीले शवको समयमै व्यवस्थापन नहुँदा समस्या हुने स्थिति सिर्जना भएको बताए।अस्पतालमा शव राख्नको लागि दुई ओटा मात्रै मर्चुरी फ्रिजमा दुबैमा शव रहेकोले थप अर्को शव आए समस्या हुने उनले बताएका छन् ।