कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिकास्थीत एक घरमा आगलागी भएको छ।
कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ सडकपुरका ४२ वर्षीय धनीराम देवकेटाको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। डिएसपी कुलदिप चन्दले आगलागीबाट एक लाख ५० हजार बराबरको क्षति भएको बताएका छन्।
विद्युतको तार सर्ट भएर घरमा आगलागी भएको हो। दुई कोठे दुई तले घरमा लागेको आगोबाट खाद्यान्न, लत्ताकपडा लगाएतका सामान जलेका हुन्। घर पूर्ण रूपमा जलेको प्रहरीले बताएको छ।