डोटी। सुन चोरेको आरोपमा डोटीबाट एक जना पक्राउ परेका छन्। भारतबाट २ करोड बढीको सुन चोरेर फरार भएको आरोपमा दिपायल सिलगढी नगरपालिका–४ स्थित पिपल्ला बजारबाट कैलालीको धनगढीका हरिस रोकाया पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय डोटीले उनलाई शनिबार पिपल्ला बजारमा नियन्त्रणमा लिएको जनाएको छ । भारतको पञ्जाबबाट करिब २ किलो सुन चोरेको आरोप लागेको छ । घटनाका बारेका थप अनुसन्धान भइरहेको डोटी प्रहरीले जनाएको छ ।