धनगढी। प्रभात मिडिया एण्ड ईभेन्ट प्रा.लि.ले हरेक बर्ष आयोजना गर्ने नृत्य र गायन विधाको सुप प्रदेश स्तरीय कार्यक्रम एसईई आईडलको तेस्रो संस्कारणका दुई अडिसन आज पुनर्वासमा सम्पन्न भएका छन्।
कञ्चनपुर स्थीत पुनर्वासको जनकल्याण माध्यमिक विद्यालयमा तेस्रो र भानु मोमोरियल बोर्डिङ स्कुलमा चौथो अडिसन भव्यता पुर्वक आयोजना भएको जनाइएको छ । यस्ता प्रतियोगिताले विद्यार्थीहरुमा निहित प्रतिभा प्रस्फुटन गर्ने भएकाले अडिसन आयोजना गरिएको जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक राम नारायण कँडेलले बताए । यस्तै अर्को अडिसन आयोजक भानु मेमोरियल बोर्डिङ स्कुलका प्रधानाध्यापक निला गौतमले विद्यालयमा पढाईका साथै अतिरिक्त कृयाकलाप पनि आवश्यक रहेको बताए ।
एसईई आइडल ३ का सुपका ९ जिल्लाका ३० बढी स्थानहरुमा अडिसनहरुमा आयोजना गरिनेछ। यस वर्ष एसईई दिने विद्यार्थीहरुले अडिसनमा सहभागी हुन पाउनेछन्। यसवर्ष पनि गत बर्ष जस्तै नृत्य र गायन प्रतिभाहरुले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउने आयोजकले जनाएको छ। असोज देखि फाल्गुण सम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरु संचालन हुनेछन् ।
जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०-३० जना प्रतिस्पर्धिहरुले २०८१ बैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५/१५ जना प्रतिस्पर्धीहरुले २०८१ असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन्। फाईनलबाट दुवै विधामा १-१ जना विजेता र १-१ जना उपविजेता बन्नेछन्।
दुवै विधाका विजेता र उप विजेताले क्रमशस् रु. ५०/५० हजार र रु. २५/२५ हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११/१२ मा आंशिक छात्रवृत्ति पाउनेछन्। थप अडिसन स्थलहरुको खोजी भईरहेकोले यस प्रतियोगिता सहभागी हुन ईच्छुक विद्यार्थी तथा विद्यालयहरुलाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ । आयोजकले यस भन्दा पहिले पनि २ संस्करणहरु भव्य रुपले आयोजना गरि सकेको छ।