धनगढी। धनगढी ३ चटकपुरमा रहेको माया मेट्रो अस्पतालमा निसन्तान दम्पतीका लागी चेकजाँच तथा उपचार हुने भएको छ। अस्पतालमा मंसिर २२ र २३ गते नर्भिक अस्पताल काठमाडौँमा कार्यरत वरिष्ठ स्त्री रोग तथा टेष्ट ट्युब वेवी विशेषज्ञ डाक्टर नुतन शर्माद्धारा निसन्तान दम्पतीको चेकजाँच उपचार तथा परामर्श दिइन लागीएको हो।
माया मेट्रो अस्पतालमा शुक्रवार र शनिवारका दिन नर्भिक अस्पताल काठमाण्डौँमा कार्यरत बरिष्ठ स्त्री रोग तथा टेष्टट्युब बेबि बिशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा. शर्माद्धारा निसन्तान सम्बन्धी सम्पूर्ण समस्याको उपचार तथा परामर्श दिइने भएको हो।
IVF तथा टेस्ट ट्युब बेबी,महिलामा देखिने सम्पुर्ण समस्याको चेकजाँच तथा परामर्श सेवा दिइने भएकाले सम्बन्धित बिरामीले अग्रिम नाम दर्ता गराउन र सो स्वास्थ्य सेवा लिन आग्रह गरिएको छ। थप जानकारीका लागी माया मेट्रो अस्पतालको फोन नम्बर ०९१-४१६१४० तथा ९८६८८१५१४३ मा सम्पर्क गर्न आग्रह गरिएको छ।

























