धनगढी। धनगढीमा भुकम्प तथा आगलागी सम्बन्धी कृत्रिम घटना अभ्यास गराइएको छ । बिहीबार धनगढी उपमहानगरपालीका १ पशुपती टोलमा विपद जोखीम न्युनीकरण सम्बन्धी उक्त कृत्रिम घटना अभ्यास गराइएको हो।
धनगढी उप–महानगरपालिकाद्वारा सञ्चालित सुपर परियोजना यूएनडीपी, युरोपीयन युनियन,युनीसेफ,यु एन ओमन, नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा सो अभ्यास गराइएको हो।
आगलागी तथा भुकम्प लगायतको विपद पुर्ब आवश्यक सुरक्षा सामाग्रीको बन्दोबस्त, विपदका बेला सुरक्षीत स्थानको खोजी र विपद भएको क्षेत्रबाट मानिसको उद्धार कसरी गर्ने, घाईतेको प्राथमिक र थप उपचारको पहल कसरी गर्न सकिन्छ भन्ने बारेमा कृत्रिम अभ्यास गराइएको थियो ।
भुकम्प तथा आगलागी सम्बन्धी कृत्रिम घटना अभ्यासमा सो घटना हुनुपुर्व आवश्यक पुर्व तयारी, अपनाउनुपर्ने सुरक्षा सावधानी तथा घटनापछि उद्धार सम्बन्धी अभ्यासले विपदका घटना कमी हुने धनगढी १ का वडा अध्यक्ष सन्तोष मुडभरीले बताए । उनले दैनिक रुपमा आगलागी र भुकम्पका घटनाहरु भैरहेकाले समुदाय स्तर मै गरिएको यस्तो किसीमको अभ्यासले अग्नि नियन्त्रण तथा उद्धारमा निकै उपयोगी रहको बताए ।
प्रत्येक ब्यक्तीले विपद घटनाबाट बच्न यस्तो अभ्यासबाट आफु सहित घरपरिवार छरछिमेकलाई सिकाएमा जनधनको क्षती कम हुनेमा उनको बिश्वास छ । कृत्रिम घटना अभ्यास विपद आकस्मीकप्रतिकार्य टोली तथा सिइआटी टोली सदस्यले लिएका थिए ।
भुकम्पका बेला घरमा कसरी सुरक्षीत बस्ने, भुकम्पमा परेर बाहीर ननिस्कने अवस्थामा छिमेकीलाई कसरी संकेत मार्फत गुहार गर्ने जानकारी दिइएको थियो ।
घाइते भएकालाई तत्काल प्राथमिक उपचार सहित अस्पतालसम्म लैजाने ब्यवस्था कसरी मिलाउने बारेमा सिइआटी टोली सदस्यले सिकेका थिए । घरपरिवार तथा समाजमा बिभिन्न ठुलठुला बिपदका घटनाहरु हुन सक्ने भएकाले पुर्व तयारी आवश्यक पर्ने कार्यक्रमका आयोजकहरुले बताएका छन् । विपद सम्बन्धी तालिम लिइसकेकाहरुले अभ्यासको सुदुपयोग गर्दै स्वयम घरपरिवार र समाजमा हुनसक्ने विपद
घटना कम हुने बताएका छन् । कार्यक्रममा यूएनडिपी सुदुरपश्चिम प्रदेश संयोजक प्रगती भट्टराई, नेपाल रेडक्रस सोसाईटी कैलालीका गौरीलाल बुढाथोकी, बिकास नेपाली, रक्षा सिँह लगायत सुपरपरियोजनाको समुह, उपमहानगरपालिकाको विपत व्यवस्थापन शाखाका प्रमुख दिपक भण्डारी, धनगढी वडा नम्बर १ का वडा अध्यक्ष सन्तोष मुडभरी,नगरप्रहरी, सिइआटी समुह लगायत को उपस्थीती रहेको थियो ।