बझाङ। बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। बुधबार साँझ ६ः४४ बजे बझाङ सदरमुकाम र आसपासमा भूकम्प धक्का महसुस गरिएको हो।
सदरमुकाम चैनपुर आसपास केन्द्रबिन्दु भएर ४ दशमलब १ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प पामन केन्द्रले जनाएको छ। यसअघि बझाङमै केन्द्रबिन्दु बनाएर मंसिर ४ गते ४.५ रेक्टरस्केलको भूकम्प गएको थियो। दुई महिनाअघि बझाङकै केन्द्रबिन्दु बनाएर ६.३ रेक्टरस्केलको भूकम्प जाँदा सामान्य क्षति भएको थियो।