उडानका क्रममा श्रीमान्–श्रीमतीबिच झगडा भएपछि लुफ्थान्सा एयरलाइन्सको उडान बुधबार नयाँ दिल्ली डाइभर्ट गर्नुपरेको छ । दिल्लीमा अवतरण गरेपछि श्रीमान् श्रीमतीलाई फ्लाइटबाट हटाइएको थियो । समाचार एजेन्सी पीटीआईका अनुसार बुधवार जर्मनीको म्युनिखबाट थाइल्याण्डको बैंकक जाँदै गरेको लुफ्थान्सा एयरलाइन्सको उडान दिल्लीमा अवतरण गर्नुपरेको हो । यो विमानको अवतरण दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १०: ३० बजे भएको थियो ।
विमान अवतरण गरेपछि दुवैलाई तल झरेर टर्मिनल क्षेत्रमा लगियो, जहाँ सीआईएसएफका कर्मचारी, विमानका चालक दलका सदस्य र अन्य कर्मचारीले दुवैसँग कुरा गरेका थिए । समाचार एजेन्सी पीटीआईले श्रीमान् जर्मनी र श्रीमती थाइल्याण्डकी रहेको बताएको छ । उडानकै क्रममा दुवैबिच झगडा सुरु भएपछि विमानका पाइलटले एयर ट्राफिक कन्ट्रोलरसँग सम्पर्क गरेका थिए । पाइलटहरूले एटीसीलाई ुविमानको स्थिति र अनियन्त्रित यात्रुु बारे जानकारी दिए।
एक अधिकारीका अनुसार श्रीमतीले पाइलटलाई आफ्नो पतिको खराब व्यवहारको बारेमा जानकारी गराउँदै उनको हस्तक्षेप माग गरेकी थिइन्। श्रीमानले आफूलाई ‘धम्की’ दिइरहेको उनले बताएकी थिइन् ।