दार्चुला। दार्चुलामा अरिङ्गालको टोकाइबाट एक वृद्धको मृत्यु भएको छ। दार्चुला महाकाली नगरपालिका-९ थाप्ला काटैका ९२ वर्षीय कल्याणसिंह सामन्तको अरिंगालको टोकाइबाट मृत्यु भएको हो।
घर माथि रहेको सल्लाको रुखबाट झोरो निकाल्ने क्रममा अरिङ्गालले टोकेपछि सामन्त सख्त घाइते भएको-९ नम्बर वडाका सदस्य खिमसिंह सामन्तले बताए। घाइते अवस्थामा जिल्ला अस्पताल पुर्याइएका सामन्तको उपचारका क्रममै दिउँसो चार बजेतिर मृत्यु भएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ।