धनगढी। कैलालीको लम्कीमा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ। कैलालीको लम्कीचुहा नगरपालिका–३ बल्चौरमा जिपको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।
सुदुरपश्चिम प्रदेश ०१–००१ ज १२०८ नम्बरको जिपको ठक्करबाट साईकलयात्री सोही नगरपालिका बादीटोलका ५९ वर्षीय कर्णबहादुर वादीको आज मंगलवार बिहान मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते भएका उनको लाल रत्न अस्पताल लम्कीमा उपचारको क्रममा मृत्यु भएको हो। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।