धनगढी :कैलालीको धनगढी उपमहानगरपालिकाले नयाँ ३ वटा लोडर र ६ वटा टिप्पर खरिद गरेको छ । उपमहानगरपालिकाले ग्राभेल गर्न तथा खोलानाला अतिक्रमण हटाउन आफ्नै लोडर र टिप्परको संख्या बढाएको हो । उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा खोलानाला तालहरूमाथि भएको अतिक्रमण हटाउन, पुनर्भरण पोखरी निर्माण र १९ वडाका ग्राभेल गर्नुपर्ने सडकहरूमा ग्राभेल गर्नका लागि लोडर टिप्पर खरिद गरेको हो।
उपमहानगरपालिकासँग २ पुरानो र ५ नयाँ गरी ७ वटा लोडर तथा ३ पुरानो र ८ नयाँ गरी जम्मा ११ वटा टिप्पर रहेको नगरप्रमुख गोपाल हमालले बताए। उनका अनुसार उपमहानगरपालिकाद्वारा लोडर र टिप्पर उपलब्ध गराई वडाबाट गाडीको इन्धन, रोयल्टी र चालक खाना उपलब्ध गराएर १९ वटैमा ग्राभेल भइरहेको छ। बिगतमा ग्रभेल गर्नका लागि समेत टिप्पर अभावका कारण धेरै समय कुर्नुपर्ने बाध्यताको अन्त्य भएको बताउदै धनगढीका नागरिकलाई यसले छिटो सेवा दिन मद्दत पुग्ने बिश्वास ब्यक्त गरे ।