धनगढी। कैलालीमा लागूऔषध खैरोहेरोइनसहित एक जना युवक पक्राउ परेका छन्। कैलालीको लम्किचुहा नगरपालिका–९ प्रतापपुरबाट लागूऔषध खैरोहेरोइनसहित साजित चौधरी पक्राउ परेको कैलाली प्रहरीले जनाएको छ ।
शनिवार राति पक्राउ परेका प्रतापपुरका ३४ वर्षीय चौधरीको साथबाट ३ सय १० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरी चौकी प्रतापपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको बताइएको छ। सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।