दार्चुला। दार्चुलाको मार्मामा करेन्ट लागेर एक महिला घाइते भएकी छिन्। जिल्लाको मार्मा गाउँपालिका–४ बसन्त टोलकी ३६ वर्षीया गोपा धामी घाइते भएकी प्रहरीले जनाएको छ।
उनलाई डाले घाँस काट्ने क्रममा विद्युतको सर्विस लाइनमा छुन गई करेन्ट लागेको हो। घाइते धामीलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि धनगढी लगिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।