कञ्चनपुर। नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले वर्तमान गठबन्धन सरकारको असफलताको कारण मुलुकमा अराजकता बढेको बताएका छन्।
कञ्चनपुरको पुनर्बास नगरपालिका वडा नम्बर ८ मा आयोजित भेटघाट कार्यक्रममा बोल्दै नेता ढकालले संविधानको मूल मर्म अनुरुप देश अघि बढ्न नसकेको प्रति चिन्ता ब्यक्त गर्दै वर्तमान सरकारले आफ्नो औचित्य प्रुष्टि गर्न नसकेको जिकिर गरे। नेता ढकालले सिमा अतिक्रमण तथा राष्ट्रियता माथिको ठाडो हस्तक्षेपमा सरकार मुकदर्शक रहेको बताए। देश भित्रै रोजगारी सृजना गरेर युबाहरुलाई प्रोत्साहित गर्नु पर्नेमा सरकारकै गलत रबैयाको कारण युबाहरु विदेशिने संख्या बढ्दै गएको उल्लेख गरे।
नेता ढकालले अन्तराष्ट्रिय मंच हरुमा नेपालको उपस्थिति अत्यन्त कमजोर रहेको तर सरकारले देशको प्रतिष्ठा बढाऊन कुनै पहलकदमी नलिएको प्रति चिन्ता ब्यक्त गरे। ढकालले देशमा नैतिकताको खडेरी परेको बताउँदै असल आचरण र दुरदृस्टी भएका नेताहरुको पहिचान गरि समर्थन गर्न पनि आग्रह गरेका छन्। प्रतिनिधि सभाका सदस्य समेत रहेका ढकालले अब संसद र सडक दुवै ठाउबाट सरकारलाई थप सचेत बनाउने र नसच्चिय विकल्पको खोजि गर्नु पर्ने धारणा राखे।
जनताको जीवन स्तरमा सुधार ल्याउन नसक्ने सरकारलाइ एक मिनेटपनि सत्तामा बस्ने नैतिक अधिकार हुदैन भन्दै अब पूर्व मेची देखि पश्चिम महाकाली र उत्तर हिमाल देखि दक्षिण मधेश सम्मका जनता एकजुट भएर देश निर्माणमा जुट्नु पर्ने बताए। उनले सामाजिक सद्भाव बिथोल्ने, नेपाली बीच फाटो ल्याउने तथा झुटो आश्वासन दिएर अराजकताको सृजना गर्ने तत्वहरुलाइ देश ब्यापी रुपमा बहिस्कार गर्नु पर्ने बताए।
ढकालले नेपालको आर्थिक बिकासको लागि कृषिमा आधुनिकीकरण र पर्यटनको बिकासको गुरु योजना आबस्यक रहेको समेत बताए। ढकालले नेपाललाई आर्गानिक स्टेट को रुपमा विकास गरि सिंगो देशलाई एक सुन्दर प्राकृतिक म्युजियम र रिसोर्टको रुपमा विकास गर्न बृहतर राजनैतिक सहमति आबस्यक रहेको समेत धारणा ब्यक्त गरेका छन्।
पुनर्बास नगरपालिका वडा नम्बर ८ का सबै निर्बाचित प्रतिनिधि नेपाल परिवार दलमा प्रवेश-कन्चनपुर जिल्लाको पुनर्बास नगरपालिका वडा नम्बर ८ का सम्पुण निर्बाचित जनप्रतिनिधिहरु नेपाल परिवार दलमा प्रवेश गरेका छन्। परिवार दलका अध्यक्ष एकनाथ ढकालले उनीहरुलाई दलको सदस्यता प्रदान गर्दै वडाको विकास निर्माण र स्थानीय जनताको पिर मर्कामा सेवा गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरे। नेता ढकालले स्थानीय बिकासमा आफुले समेत पहल गर्ने बताए।
परिवार दलमा प्रवेश गर्नेमा वडा अध्यक्ष राना श्रवण र वडा सदस्यहरु दिपेश मल्ल दुलेराम राना, देवी कार्की, लक्ष्मी सुनार छन्। त्यसैगरि गत प्रतिनिधि सभामा कंचनपुर ३ वाट स्वतन्त्र उम्मेदवार रहेका पुराना कांग्रेश सदस्य मदन नेपाली लगाएत साथै विभिन्न राजनैतिक दल परित्याग गरि २०० जना भन्दा बढीले नेपाल परिवार दलमा प्रवेश गरेका छन्। सबैलाइ अध्यक्ष ढकालले सदस्यता तथा टिका लगाएर पार्टी प्रवेश गराएका हुन्। नब प्रवेशी हरुलाई नेता ढकालले परिवार दल उत्तेजना र आवेगको माध्यमवाट नभई संयमता र बिबेकको माध्यम वाट अघि बढ्ने राष्ट्रबादी तथा बिकास बादी पार्टी भएकोले उच्च अनुशाशनमा रही राजनैतिक तथा सामाजिक क्रियाकलाप गर्न निर्देशन दिनु भयो।
नेता ढकालले देशमा कुनै योगदान नभएकाहरु सस्तो र चर्को कुरा गर्दै हिडेर जनता भड्काउने काम गरेको प्रति खबरदारी गर्नपनि नागरिकलाई सचेत गराए।कार्यक्रमममा परिवार दल सुदुरपश्चिम प्रदेश संयोजक खडक सिंह नगरी,केन्द्रीय सदस्यहरु बिष्णु कुमारी बिक,धर्म बहादुर रोकाया, कंचनपुर जिल्ला अध्यक्ष प्रेम परियार,कैलाली अध्यक्ष बिशाल चौधरी,बैतडी अध्यक्ष सुदर्शन भट्ट , डोटी अध्यक्ष नरेश नागरि, महिला नेत्रीहरु सीता पाठक, इन्दिरा राना, पिस फोर्सका अजय जैरु लगायतको सहभागिता रहेको थियो। पूर्व मन्त्रि ढकालले सहिद गोबिन्द गौतमको शालिकमा पुगी माल्यापर्ण समेत गरेका छन्। साथै ढकाल परिवार दल कंचनपुरले आयोजना गरेको शान्ति तथा सदभाब रयालीमा समेत सहभागी भएका थिए। संबिधान सभामा दुइ सभासद रहेको नेपाल परिवार दल संबिधान जारि संगै नेकापा एमाले संगको सहकार्यमा छ र एमालेकै समर्थनमा दलका अध्यक्ष ढकाल बर्तमान संघिय संसद्को सदस्य छन्। ढकाल अन्तराष्ट्रिय सम्बध तथा पर्यटन समितिको सदस्य हुन्।