कञ्चनपुर। कञ्चनपुरमा राप्रपाले अनिश्चितकालीन बन्दको आह्वान गरेको छ। राप्रपा कञ्चनपुरले आफ्ना नेता र कार्यकर्ता पक्राउको विरोधमा आज (शनिबार) देखि लागू हुनेगरी अनिश्चितकालीन कञ्चनपुर बन्दको आह्वान गरेको हो ।
कञ्चनपुर प्रहरीले महेन्द्रनगरको स्थानीय पार्कमा रहेको शहिद भीमदत्त पन्तको शालिक तोडफोडमा संलग्न रहेको आरोपमा पक्राउ परेकालाई निशर्त रिहाईको माग गरेको छ। हिजो शुक्रवार महेन्द्रनगरमा गणतन्त्रको विरोध र राजसंस्थाको पुनःस्थापनाको माग गर्दै रापप्रासहितका स्थानीयले प्रदर्शन गरेका थिए। त्यस क्रममा उनीहरूले पार्कमा रहेको शालिक तोडफोड गर्नुका साथै पार्कको गेटमा लेखिएको भीमदत्तको नामसमेत मेटेका थिए।
राप्रपा कञ्चनपुरले प्रहरीले शान्तिपूर्ण आन्दोलनमा धरपकड गरेर आफ्ना कार्यकर्ता समातेकाले अनिश्चितकालका लागि कञ्चनपुर बन्दको आह्वान गरिएको जनाएको छ। राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्र चन्दले हिरासतमा राखिएका नेतारकार्यकर्ता निस्सर्त रिहा नहुँदासम्म बन्द जारी रहने बताए।‘राष्ट्र, राष्ट्रियता,राजसंस्थासहितको वैद्धिक,सनातन हिन्दु राष्ट्र पुनर्स्थापना अभियान’ले निकालेको जुलुसका क्रममा शुक्रबार भीमदत्त पन्तको सालिक तोडफोड गरिएको थियो।
पार्टीको भातृ संगठनले राज्यको भ्रष्टाचार र व्यतिथिका विरूद्ध विभिन्न चरणकाका शान्तिपूर्ण कार्यक्रमको आयोजना गरेको पहिलो दिनमै राप्रपाका १८ जना नेता कार्यकर्ताहरू लाई धरपकड गरि प्रहरी हिरासतमा राख्ने गैर लोकतान्त्रिक अभ्यासप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीले ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका नेता कार्यकर्ताहरू लाई निशर्त रिहाई नहुन्जेलसम्म कञ्चनपुर पर्णरूपमा अनिश्चितकालका लागि बन्द गर्ने पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र बहादुर चन्दले बताएका छ्न्।
उनले यसबाट यातायात र व्यापार व्यवसायमा पर्ने असुविधा प्रति दुःख व्यक्त गर्दै बन्दको कार्यक्रमलाई सहयोग गरिदिन आग्रह गरेका छ्न्। बन्दको प्रभाव आज महेन्द्रनगर बजारमा परेको छ। तत्कालीन राजा महेन्द्रले निर्माण गरेको वाटिकाको नाम भीमदत्त राखिएको भन्दै आक्रोशित राजावादी समर्थकले सालिक तोडफोड गरेका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले शालिक तोडफोडमा संलग्न १८ जनालाई नियन्त्रणमा लिएको जानकारी दिएका छन्।