बझाङ। बझाङमा जन्ती बोकेको जिप दुर्घटना भएको छ। शुक्रबार दिउँसो १ :४० बजे जिल्लाको छबिसपाथिभेरा गाँउपालिकाबाट जन्ती लिई सुर्मा गाँउपालिका फर्किँदै गरेको १६ जना सवार सुदूरपश्चिम प्रदेश ०४००१ ज ००१९ नम्बरको जिप दुर्घटना भएको हो।
दुर्घटनामा सुर्मा गाँउपालिका–५ का ३० वर्षीय खगेन्द्र जेठारा र १७ वर्षीय समु बोहरा घाइते भएका छन्। घाइतेमध्ये जेठाराको टाउकोमा र बोहराको हातखुट्टामा चोट लागेको छ। उनीहरूको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको छ। जिप छविसपाथीभेरा गाँउपालिका ५ खतेडामा आफैं एक्कासी अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी एवंम प्रहरी निरीक्षक दिपेश चौधरीले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भईरहेको बझाङ प्रहरीले जनाएको छ ।