धनगढी। काठमाडौंबाट धनगढी आउँदै गरेको श्री एयरलाइन्सको विमान काठमाडौंमा आकस्मिक अवतरण गराईएको छ। आज दिउँसो साढे ४ बजेको समयमा काठमाडौँ करिब ६० किलो मिटर दुरी पार गरेपछि विमानको इन्जिनमा आगो देखिएपछि आकस्मिक अवतरण गराईएको विमानस्थल स्रोतले जनाएको छ।
विमानको दाहिने इन्जिनमा आगो देखिएको हो। विमानमा सवार यात्रुहरु सुरक्षित रहेको र अर्को जहाजमार्फ गन्तव्यमा पठाउने तयारी भईरहेको छ। सुरक्षित अवतरण गराइएको र यात्रुहरूलाई अर्को जहाजबाट पठाउने तयारी गरिएको विमानस्थलका प्रवक्ता सुभाष झाले बताए ।