धनगढी। कैलालीमा एक महिलाको शव फेला परेको छ। जिल्लाको धनगढी उप–महानगरपालिका– ६ स्थित सरस्वती सामुदायिक वनमा प्रहरीले मंसिर ६ गते (बुधवार) दिउँसो १२ बजेको समयमा शव फेला पारेको हो।
नाम, थर र वतन नखुलेको अन्दाजी ३० वर्षीया महिलाको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उक्त सामुदायिक बन भित्र बेवारिसे अवस्थामा कालो रंगको पाईन्ट, रातो रंगको टिसर्ट र खैरो रंगको windchetar लगाएको, अनुहार र हातको भाग नचिनिने अवस्थामा रहेको महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।हाल शव सेती प्रादेशिक अस्पताल धनगढीको शवगृहमा राखिएको छ।