धनगढी। कैलालीको धनगढीमा काठ चोरीको आरोपमा सामुदायिक वनका सचिव पक्राउ परेका छन्। कैलालीको धनगढी उपममहानगरपालिका वडा नम्बर १५ उर्माको शिव दर्शन एकता सामुदायिक वनका सचिव गया प्रसाद राना काठ चोरीको आरोपमा पक्राउ परेको डिभिजन वन कार्यालय, धनगढीले जनाएको छ।
डिभिजन वन कार्यालय, धनगढीका प्रमुख रामचन्द्र कडेलका अनुसार काठको गोलिया चोरी आरोपमा उनी मंसिर ४ गते पक्राउ परेका हुन्। उनले मंसिर ४ गते फूलबारी सव डिभिजनका कर्मचारीले रानालाई घरमा लुकाई छिपाई राखेको अवस्थामा १४ फिट लम्बाइको सालको गोलियासहित पक्राउ गरेको हो। उनी विरुद्ध मुद्दासमेत दर्ता गरिएको कडेलले बताएका छन्।