कञ्चनपुर। कञ्चनपुरमा कुर्सीबाट लडेर घाइते भएका एक जना शिक्षकको मृत्यु भएको छ। जिल्लाको बेलडाँडी गाउँपालिका–५ मा रहेको गणेश माध्यमिक विद्यालयका शिक्षक शंकर चिमाडीको आज बिहीबार मृत्यु भएको हो।
विद्यालयमा पढाउने बेला उनी एक्कासी कुर्सीबाट लडेर शिक्षक गम्भीर घाइते भएका थिए। ४ गते स्कुलमा कुर्सीमा बसेका बेला कुर्सीबाट लडेर टाउकोमा चोट लागेको थियो। अचेत अवस्थामा अस्पताल पुराइएको थियो । ४ दिनदेखि अचेत अवस्थामा रहेका उनको नवजिवन अस्पताल धनगढीमा उपचार भइरहेको थियो।आज विहान ६ बजे तिर उनको मृत्यु भएको कुरुवामा खटिएका शिक्षक बमबहादुर बुढाले जानकारी दिए। मृतक शिक्षक चिमाडीका २ छोरी र १ छोरा रहेका जनाइएको छ।