कञ्चनपुर। कञ्चनपुरमा एक सामुदायिक वनभित्र एक पुरुषको शव फेला परेको छ।कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर(४ मा रहेको समैजी सामुदायिक वनभित्र परिचय नखुलेका एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।
उक्त पुरुषको शव सामुदायिक वनभित्र रहेको सिस्ने खोलामा पानीमा डुबेको अवस्थामा फेला परेको हो। ६०/६५ वर्ष जस्तो देखीने पुरुषको शव बुधवार साँझ ४ः३५ बजेको समयमा फेला परेको इलाका प्रहरी कार्यालय झलारीले बताएको छ। प्रहरीले सो सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।