कैलाली। कैलालीको धनगढीमा ब्राउनसुगरसहित एक किशोर पक्राउ परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका–२ बैयाबेहडी शिव मन्दिर नजिकबाट लागुपदार्थ ब्राउनसुगरसहित १ किशोरलाई पक्राउ गरेको प्रहरीले जनाएको हो।
प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले २ सय ९० मिलिग्रामब्राउनसुगरसहित धनगढी २ बस्ने १७ वर्षीय किशोरलाई पक्राउ गरेको जनाएको छ । उनको परिचय खुलाइएको छैन् । पक्राउ परेका किशोरमाथी प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।