धनगढी। धनगढीमा घरमा पार्कीङ्ग गरेर राखिएको अवस्थामा मोटरसाइकल चोरी भएको छ।
धनगढी उपमहानगरपालिका १२ जुगेडा बस्ने चन्द्र बोहराको सुदूरपश्चिम प्रदेश ०१००८ प ६९५ नम्बरको प्लसर मोटरसाइकल सोमवार राति चोरी भएको प्रहरीले जनाएको छ।घर अगाडि पार्कीङ्ग गरी राखेको अवस्थामा मोटरसाइकल चोरी भएको हो।चोरी भएको उक्त मोटरसाइकलको खोजी भइरहेको प्रहरीले जनाएको छ